ठेकी

मेरो नाम अमृता गौतम हो ।म कक्षा आठमा पढ्छु। म आज ठेकीको बारेमा लेख्न गईरहेको छु ।

ठेकी काठबाट बनेको एक परम्परागत नेपाली भाँडो हो। यसको प्रयोग दही जमाउन, मोही पार्ने, मोही र दही राख्न प्रयोग गरिन्छ । ठेकीमा मोही पार्ने मदानीलाई  काठको घुर्रोमा अड्याएर नेती नामको डोरीले दुईतिर तान्दै मदानी घुमाउने गरिन्छ। ठेकी सामान्यतया दार ,देव दारु र मौवा नामको रूखबाट बनाइन्छ। ठेकीको आकार र प्रकार फरक फरक हुन्छ अरू भाडामा जमाएको दही ‌भन्दा ठेकीमा जनाएको दही धेरै मिठो हुने र कम नअमिलिने हुन्छ। आधुनिक प्रविधिले गर्दा अहिले ठेकीको प्रयोग कम हुँदै गएको छ।

सम्बन्धित पाेस्ट