रहस्य ठाउँ 

मेरो गाउँ पश्चिम जिल्लामा पर्दछ र त्यहाँको चलन फरक रहेको छ । कैलालीमा धेरै रहस्य ठाउँहरू रहेका छन् जस्तै घोडाघोडी ताल, घोडाघोडी जङ्गल, गाउँका भुत्तिया ठाउँ । मानिसहरूले भुत्तिया ठाउँ हुन्छ भन्छन् तर मेरो विचारमा भुत्तिया ठाउँ हुँदैनन् तर पनि कतिपय ठाउँमा मैले आफ्नै आँखा अगाडी देखेको भन्छन् । एक दिन म र मेरो दिदी बजारबाट घरको बाटो आउँदै क्रममा जङ्गल र झाडी बिच अँध्यारो बाटोमा एक्कासि चलिरहेको साइकल रोकियो र हामी त्यहाँ बाट कुद्दै भाग्यौ । गाउँमा मानिसहरू पनि त्यसै भन्ने गर्दथे । त्यतातिर नजानु भनेर । 

अस्ति भर्खर म गाउँमा गएको थिए । मलाई अझै पनि विश्वास थिएन कि यस्तो ठाउँमा पनि भूत हुन्छ भनेर । पछि मैले त्यस जङ्गल नजिकै बस्ने मानिसहरूलाई सोधे । उहाँहरूको भनाइ अनुसार माओवादीको बेलामा त्यतातिर माओवादीहरूले मानिसहरू मारेर फालेका थिए रे त्यही भएर यस्तो भएको हो । यो ठाउँ आँखा फुटे र खल्लाको बिचमा पर्दछ । 

कैलाली नेपालको एक जिल्ला हो । यो सुदूरपश्चिम प्रदेश वा प्रदेश नं. ७ मा पर्दछ । यो जिल्लामा धेरै जस्तो थारु समुदायको बसोबास रहेको छ । अरू जातका मानिसहरू पनि बस्छन् जस्तै क्षत्री, बाहुन, धामी, दलित, ठकुरी आदि । दसैँ, तिहार, होली, माघी जस्ता चाडपर्व त झन् व्यापक रूपमा मनाउने गरिन्छ । माघीसंग्रान्ती दिन मानिसहरूले तरुल, कन्दमूल, आलु, पिँडालु, जस्ता खानेकुरा बनाउने र रात भरी आगो बालेर मनाउने चलन छ । झन् थारु समुदायमा त घर घरमा गएर नाचगान गर्ने, फरक फरक कपडा लगाएर बनाउँछन् । थारु समुदायको यो सबैभन्दा ठुलो चाड भनेको माघी हो । यो नाच यति प्रचलित छ कि मानिसहरू टाढा टाढाबाट हेर्न भनेर आउने गर्छन् । भैलो, गाइपुजा आदि पनि प्रचलित रहेका छ । देउडा पनि गाउने गर्छन् । मेलामा नाच्नेहरू आफ्नो आफ्नो पहिरन लगाएर नाच्ने गर्दछन् । हरेकको घर घरमा सेल रोटी, फीनी, खुरमा बनेको हुन्छ त्यसै त्यस दिन कसैले ती मिठाइ किनेर खाँदैनन् । 

सम्बन्धित पाेस्ट