हामिलाई बाेलाउछन् हिमचुली राम्रा
उकालीमा उचालिन्छन् हल्का पाइला हाम्रा ।
उकालीकाे चिसाे पानी अँजुलीले खाउँल
देउरालीकाे बिसाैनीमा सुसेलीले गाउँला
वनभित्र ढुङ्गामाथि गाउलिन् गाेठालिनी
गाइलाइ बाेलाउछिन् लाला, अोदि, निनी !
उनी साेध्लिन् हामीलाइ कहाँ जाने दाइ
भन्नुपर्ला हिमालकाे बुटी खाज्नलाई
डाेरेटामा कस्तूरीले तिरिन च्यापी हेर्लान्
पातपातै चरा नाच्ने पातलले घेर्लान् ।
टाकुरामा कुहिराकाे दाेडादाैडी हाेला
लेकदेखि इन्द्रनीले वनबेँसी छाेला
भेडा चर्लान् निगालाकाे टुप्पा हिलाएर
चम्री चर्लान् चमरकाे झुपा झुलाएर।
मग मग बुकी फुलकाे वासनाले ढाक्ला
उत्तरमा झुक्ने धुपी उत्तरैमा डाक्ला
जाहाँबाट प्वाँख खाेल्छ नउरङ्गे डाँफे।
हाम्राे हाेला राती राती अाेडारमा वास
जहाँबाट फुटी अाउँछ कस्तूरीकाे बास
भेट हुने छैनन् अब मान्छे काही पनि
खालि बज्ला पहरामा झहरमकाे ध्वनि।
छङ्गाछुर भिरैभिर तलतिर हाेला
हावा अाफैँ हराएर खगरमा हाेला
हामी खाउँला सामलतुमल झारझुर पारी
एकै बाजि फर्कि हेरी जाउँला माया मारी।
हिउँ बगी बगी हाम्राे बाताे राेकिदेला
विष लागी लागी सारा सास राेकिदेला
अघि बढाैँ पाइलैपिच्छे मुटु हाम्राे हान्छ
पछि फकुँ यतिनजेलकाे दु:खै खेर जान्छ।
कल्ले अाइ हेर्छ हिउँमा पाइलाकाे छाप
के हिँदेछाैँ नगरेर अाफ्नाे नापजाप
जाे उठायाैँ पाइला याे साे उठाइहाल्याैँ
ज्यान जाेखिमकाे बाजी थाप्नु थापिहाल्याैँ
मर्नैपर्छ भने पनि पर वगी मराैँ ।
नझुक्ने याे हिमालमा किन झुकी मराैँ ।
जति चढ्याे उति बाँकी हिमचुली शिखर
नदेखेकाे कुरा हर्ने हामीलाई रहर ।
- राष्ट्रकवि माधवप्रसाद घिमिरे