शिक्षक(गुरु)

शिक्षक शब्द गुरु शब्दसँग समान अर्थ राख्छ। यहाँ `गुरु´ को `गु´ ले अंधकार र `रु´ ले तेज लाई जनाउँछ। ज्ञान रुपि प्रकाश दिएर अंधकारलाई हटाउने  ब्यक्ती नै गुरु मानिन्छ ।
                     शिक्षक समाजको बौद्धिक व्यक्ति हो । हरेक समाजको पथ प्रदर्शक हो ।  समाज र राष्ट्र निर्माता हो । बालबालिकालाई उचित शिक्षा दीक्षा दिई अनुशासित, लगनशील र इमान्दार नागरिक बन्न प्रेरित गर्ने व्यक्ति हो । आदर्श र प्रेरणाको स्रोत हो । परिवर्तनको संवाहक हो । स्तरीय सिकाइको सबैभन्दा महत्वपूर्ण औजार हो । संस्कृतमा उल्लेख गरिएको छ।
‘गुरुःब्रहृमा गुरु विष्णु गुरु देवो महेश्वर । गुरु साक्षात् परंब्रहृम तस्मै श्री गुरुवे नमः ’
भयसो सुन्दा यी माथिका ऋचाहरू कुनै गुरुकुलका एक आदर्शवादी शिष्यले आफ्ना समादर्णीय गुरुलाई समपण गरेका पंक्तिझैं लाग्छन्। यो श्लोकले गुरुलाई सृष्टिकर्ता ब्रहृमा, पालनहार विष्णु र संहार कर्ता महेश्वर तथा साक्षत् ज्ञानको रूपमा स्थापना गरेको छ। यहाँ ‘ब्रहृम’ शब्दको अर्थ ‘ज्ञान’ भन्ने हो। ‘गुरुर साक्षत् परम ब्रहृम’ अर्थात गुरु नै ज्ञानको सवोर्त्कृष्ट स्रोत हो, भनी गुरुको महत्त्व र उच्च स्थानलाई प्रष्टयाएको छ। त्यसैले भगवान रूपी गुरुलाई सदैव सम्मान गरौँ । 
 श्री सरस्वती विधालय परिवार !!

सम्बन्धित पाेस्ट