प्रा.डा. विद्यानाथ काेइराला
चावहिल काठमाडाैँ
+९७७ ९८५११०४१७९
koiralabidyanath@gmail.com
शिक्षाको पहिलो काम सम्भावनाको खोजी गर्ने र जीवन उपयोगी बनाउने हो । यो देखिने गरी व्यवहारमा लागु हुनु पर्दछ भन्ने सकारात्मक सोच (सोच, गर र भन) र निरन्तर क्रियाशील कर्मबाट प्रसिद्ध रहनुभएका प्रा.डा. विद्यानाथ कोइराला शिक्षाविद् हुनुहुन्छ ।
संवाद, प्रवचन तथा लेख रचनाको माध्यमबाट शिक्षालाई व्यावहारिक, जनमुखी र उत्पादनमुखी बनाउन शिक्षाका सरोकार निकायहरू, शिक्षक, विद्यार्थी, अभिभावकहरूलाई सधैँ उत्प्रेरित गरिरहनु हुन्छ । मिनी नेपाल एक उदाहरण हो ।
प्रा.डा. विद्यानाथ कोइरालाले अझै पनि त्रिभुवन विश्वविद्यालय (अवकाश प्राप्त) र देशका विभिन्न विश्वविद्यालयहरूका विद्यार्थीहरूलाई पिएचडीको सुपरिवेक्षण गरी रहनुभएको छ । सरको ७ वटा पुस्तकहरू र सयौँ लेख रचनाहरु प्रकाशित छन् ।
काठमाडौँ विश्वविद्यालय मार्फत सञ्चालन र व्यवस्थापन गर्ने गरी कर्म साधना सम्मान नामक ३० लाखको अक्षयकोष स्थापना पनि गर्नुभएको छ । यसरी सबैलाई सिक्न, खोज्न, ज्ञान निर्माण गर्न, उपयोग गर्न उत्साह, अवसर प्रदान गर्ने प्रा.डा. विद्यानाथ कोइराला मिनी नेपालको पनि अभिभावक हुनुहुन्छ ।